अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा अस्थिरता ल्याउन गठबन्धन तोड्ने प्रयास भइरहेको छ: अध्यक्ष ओली

देशमा अस्थिरता ल्याउन गठबन्धन तोड्ने प्रयास भइरहेको छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति सोझो रेखामा अघि नबढ्ने बताउनुभएको छ।     

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अनेक उतारचढाव आउने बताउनुभयो। अहिले गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएकोमा त्यो तोडिने अवस्था आए पनि सहज रूपमा लिनु पर्ने उहाँले बताउनुभयो। पुरानो गठबन्धन तोडियो भन्दैमा धेरै खुसी नहुन उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।

देशमा अस्थिरता ल्याउन र यो गठबन्धन तोड्न अनेक प्रकारका प्रयास भइरहेको उहाँले बताउनुभयो। एमाले माथि प्रहार गर्न लागेका उहाँले सुनाउनुभयो । सही चिजलाई केही समयको लागि पराजित गरे पनि त्यो लामो समय नटिक्ने ओलीले बताउनुभयो। जस्तोसुकै असहज परिस्थिति आए पनि अन्ततः सत्यको जीत हुने उहाँले प्रष्ट पार्नुभयो ।

नेकपा एमाले माथि बाहिर र भित्रबाट समेत प्रहार गरिरहेको बताउनुभयो ।