काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र राष्ट्रिय गौरवमा आँच आउने गरी सत्ता स्वार्थमा नलाग्ने बताउनु भएको छ।
अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले लिएको त्यो नीतिलाई अनेरास्ववियुले काँध थाप्न सक्नुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामी यो देशका सन्तति हौं, हामीले नै मातृभूमिको रक्षा गर्ने हो। मातृभूमिको स्वाधीनता बचाएर राख्ने हो र त्यस्तो भूमिका निभाउने राष्ट्रिय गौरव र स्वाभिमानको संक्षिप्त नाम नै एमाले हो, एमालेमात्रै त्यसको प्रतिनिधि हो। हामी सत्ता स्वार्थका लागि राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वतन्त्रता जस्ता महत्वपूर्ण विषयहरूलाई लत्याएर कुनै स्वार्थमा लाग्न सक्दैनौं।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘अनेरास्ववियु उद्देश्य बोक्ने संस्था हो, महत्वाकांक्षा बोक्ने संस्था होइन । देशको समृद्धिको उद्देश्य बोक्ने हो।’
उहाँले विद्यार्थी आन्दोलन विद्रोहीमात्रै नभएर सचेत आन्दोलनकारी हुनुपर्ने बताउनुभयो ।






प्रतिक्रिया