काठमाडौं – अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन सम्पन्न गराउनको लागि अध्यक्षमण्डलको घोषणा गरिएको छ।
भानुभक्त ढकालको अध्यक्षमा नौ सदस्सीय अध्यक्ष मण्डल बनाइएको हो। अध्यक्ष मण्डलको सदस्यमा विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुङ्गेलले हुनुहुन्छ। त्यस्तै किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर र सुनिता बराल पनि अध्यक्ष मण्डलको सदस्य हुनुहुन्छ।
अध्यक्षमण्डलले अनेरास्ववियुको महाधिवेशन सम्पन्न नहुँदासम्म बन्दशत्र सञ्चालन गर्नेछ। अहिले अध्यक्षमण्डलको बैठक बसिरहेको छ। उक्त बैठकले निर्वाचन कार्यतालिका तय गर्नेछ। र निर्वाचन आयोगलाई निर्वाचनका लागि निर्देशन दिनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो महाधिवेशनको उद्घाटन गर्नुभएको थियो। तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।






प्रतिक्रिया