अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अखिल महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान हुने

अखिल महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान हुने


काठमाडौँ-नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशन जारी रहेको छ । हिजोदेखि जारी अनेरास्वियुको महाधिवेशन भोलिसम्म जारी रहने छ । 

महाधिवेशनमा आजबाट नयाँ नेतृत्वका लागि मतदान हुनेछ । अखिलले सहमतिमा नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो । 

नयाँ नेतृत्व चयनका लागि अध्यक्ष सुनिता बरालले हिजो आफ्नो कमिटी भंग गरी भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गर्नुभएको हो । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहनुभएकाे छ ।

अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गर्नुभएको छ। महाधिवेशनमा सहभागी हुन देशभरिबाट १०८० प्रतिनिधि आएका छन् ।