अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ‘मिसन ग्रासरुट’ : कुन केन्द्रीय सदस्यलाई कुन पालिकाको जिम्मेवारी ? (सूचीसहित)

एमाले ‘मिसन ग्रासरुट’ : कुन केन्द्रीय सदस्यलाई कुन पालिकाको जिम्मेवारी ? (सूचीसहित)


काठमाडौं – नेकपा (एमाले) को ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी  सुदृढीकरण तथा विस्तार अभियानका लागि पालिकामा केन्द्रीय कमिटी सदस्यहरूलाई खटाउने भएको छ । 

यही यही फागुन ५ गतेबाट सुरु हुने उक्त अभियानका लागि एमालेले केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएको हो । 

अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्ष। सचिव र स्थायी कमिटी सदस्यहरू खटिनुहुने भएको छ । 

उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियान फागुन ५ गते सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने छ । 

पार्टी उपमहासचिव विष्णु रिमालका अनुसार  एमालेमा देखिएका पार्टीको वैचारिक काम, पार्टीपंक्तीको चेतनास्तर सुदृढ गर्न, नयाँ परिस्थितिमा नयाँ चुनौतीहरूको सामना गर्न उक्त अभियान सञ्चालन गर्न लागिएको हो । 

अभियानमा केन्द्रीय सदस्यहरूले कम्तीमा ६ वटा विषयमा प्रशिक्षण दिनुपर्ने छ । जस अनुसार दशौं महाधिवेशनको कार्यदिशा,दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्ष,विभिन्न राजनीतिक दलहरूसँग एमालेका वैचारिक भिन्नताहरू रहेका छन् ।

पालिकामा गएर केन्द्रीय सदस्यहरूले पार्टी निर्माण सम्बन्धी मार्क्सवादी दृष्टिकोण र पार्टी सदस्यका काम,कर्तव्य र कार्यशैली,समृद्ध नेपाल, सुखी नेपाली सम्बन्धी अवधारणा र समाजवादका आधार निर्माण सम्बन्धी पार्टीको अवधारणा बुझाउनु पर्ने छ । 

यस्तै समसामयिक राजनीतिक परिस्थिति र पार्टी दृष्टिकोणका बारेमा पालिका तहका नेता कार्यकर्ताहरूलाई केन्द्रीय सदस्यहरूले प्रशिक्षण दिनुपर्नेछ । एकजना केन्द्रीय सदस्यलाई कम्तीमा दुईवटा पालिकाको जिम्मा दिएको छ । उक्त अभियानका लागि केन्द्रीय सदस्यलाई आफ्नो जिल्लामा नभएर अन्य जिल्लामा खटाइएको छ ।