अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमाली जिल्लामा विद्यालय खुल्दै

हिमाली जिल्लामा विद्यालय खुल्दै


जाजरकोट- कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ। डोल्पा, हुुम्ला, मुगुुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो।

केही विद्यालयले मङ्सिरमा वार्षिक परीक्षा गरेकाले नयाँ शैक्षिक सत्रका लागि नियमित कक्षा सञ्चालन गर्नुपर्ने छ । मङ्सिरमा परीक्षा नगरेका विद्यालयले भने चैतमा वार्षिक परीक्षा सञ्चलन गरी नियमित पढाइ सञ्चालन गर्नुपर्न  शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुुख  दलबहादुर बस्नेतले बताउनुभयो।

पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द हुने गरेका छन् । फागुन १ बाट नयाँ शैक्षिक सत्रमा नियमित पढाइ सञ्चालन गर्न आग्रह गरिएको बस्नेतले बताउनुभयो । जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरेपनि अधिकांश विद्यालय फागुन २ सम्म खुलेका छैनन ।

उपल्लो डोल्पादेखि अन्य ठाउँमा आवासीय विद्यालय स्थापना गरेपछि मात्र नियमित पढनपाठन हुने सरोकारवाला बताउँछन् । फागुन लागेपनि चिसो अझैँ घटिनसकेकाले शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन । स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर छन् । वार्षिक परीक्षा गरिसकेका विद्यालयले नयाँ शैक्षिक सत्र सुरु लगत्तै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउनुपर्ने भए पनि अहिलेसम्म हिमाली जिल्लामा कुनै तयारी भएको छैन ।

 जति सूचना प्रकाशित गरे पनि शिक्षक तथा कर्मचारी चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीयवासी  बताउँछन् । कर्मचारी तथा शिक्षक समयमै गाउँमा आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ । कर्णालीमा दुई शैक्षिक सत्रमा पठनपाठन हुने गरेको छ।