अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका सांसद भण्डारीको घरमा ग्यास विस्फोट, आईसीयूमा उपचार हुँदै

कांग्रेसका सांसद भण्डारीको घरमा ग्यास विस्फोट, आईसीयूमा उपचार हुँदै


काठमाडौँ-नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट भएको छ । 

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा. चन्द्र भण्डारी र उनकी आमा घाइते हुनुभएको छ । 

भण्डारीको सचिवालयका अनुसार उहाँहरूको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । 

अस्पतालका अनुसार भण्डारीको शरीरको २५ प्रतिशत र आमाको ७० प्रतिशतभन्दा बढी भाग जलेको छ । सिलिन्डर राति करिब १० बजेतिर  विस्फोट भएको थियो ।