काठमाडौं-खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते हुनुभएका भण्डारी र उहाँकी आमालाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो ।
चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाव दिए आजै उहाँहरूलाई मुम्बई लगिने बताइएको छ ।
भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको छ भने उहाँकी आमाको ७० प्रतिशतभन्दा बढी भाग जलेको अस्पतालले जनाएको छ ।






प्रतिक्रिया