काठमाडौँ-नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचन प्रक्रिया अगाडि बढेको छ । नयाँ नेतृत्व चयनका लागि सहमति नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो ।
निर्वाचनका लागि अहिले मनोनयन दर्ता भइरहेको छ । अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ ।
जसमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विक रहेका छन् ।
यस्तै अन्य पदका लागि मनोनयन दर्ता गराउने प्रक्रिया जारी छ । आज बिहान ९ बजेबाट बजेदेखि मतदान हुने जनाइएको छ ।
फागुन २ गतेदेखि सुरु भएको अनेरास्ववियुको २३ औं महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ ।






प्रतिक्रिया