काठमाडौं-खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते हुनुभएका भण्डारी र उहाँकी आमालाई थप उपचारका लागि भारत लगिने भएको हो ।
कीर्तिपुर अस्पतालले विज्ञप्ति जारी गर्दै नेपालमा उपचार सहज नहुने भएकोले दुवै जनालाई भारत लगेर उपचार गर्न सिफारिस गरिएको उल्लेख गरेको छ ।
कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत र उहाँकी आमाको ७० प्रतिशतभन्दा बढी भाग जलेको अस्पतालले जनाएको छ ।







प्रतिक्रिया