काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बालुवाटारमा दुई नेताबीच वार्ता जारी रहेको छ ।
भेटमा सरकार विस्तार, राष्ट्रपतिको निर्वाचनबारे छलफल भइरहेको बताइएको छ । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएको छ भने एमालेले पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार राष्ट्रपति बनाउनुपर्ने दाबी गर्दै आएको छ ।






प्रतिक्रिया