काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्यासँ सिलिण्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने बताएका छन् ।
नेता भण्डारीलाई भेट्न किर्तिपूरस्थित बर्न अस्पताल पुग्नुभएका स्वास्थ्यमन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको बताएका हुन् ।
‘चिकित्सकले नेता भण्डारीलाई थप उपचारको लागि भारत नै लैजाँदा राम्रो हुने भनेकाले एक घण्टाभित्रमा उहाँलाई मुम्बई लैजाने व्यवस्था गर्दैछौं । उहाँको सुधारमा आउछ भन्ने मलाई विश्वास छ, ’ उहाँले भन्नुभयो ।
चिकित्सकका अनुसार नेता भण्डारीको शरीर २५ देखि ३० प्रतिशत जलेको छ ।






प्रतिक्रिया