अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कसैले चाहेर सत्ता गठबन्धन भत्किदैन: उपप्रधानमन्त्री श्रेष्ठ

कसैले चाहेर सत्ता गठबन्धन भत्किदैन: उपप्रधानमन्त्री श्रेष्ठ


सुर्खेत – नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन कसैले भत्काउन चाहेर पनि नभत्किने बताउनुभएको छ। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका श्रेष्ठले आज सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कसैले चाहेरमात्रै गठबन्धन नभत्कने बताउनु भएको हो।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘कसैले चाहेर यो गठबन्धन भत्किँदैन। गठबन्धनमा रहेका दलहरु जसले सरकार चलाइरहेका छन्  । सही दृष्टिकोण, सही नीति, सही कदम र सही विश्वासको वातावरण गर्नसक्नुपर्छ।’

सुदृढ परिस्थिति निर्माण गरेर अघि बढाउन आफूहरुले चाहिरहेको समेत उहाँले बताउनुभयो । उहाँले प्रतिगमनको परास्त गर्ने, राष्ट्रियताको रक्षा गर्ने, सम्मृद्धिको लक्ष्य र शान्तिलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो।