अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद भण्डारीलाई उपचारका लागि भारत लगियो

सांसद भण्डारीलाई उपचारका लागि भारत लगियो


काठमाडौँ – ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । कांग्रेस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको हो ।

भण्डारीलाई बम्बईको नेशनल वर्न सेन्टरमा उपचारका लागि लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। उहाँको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा रहेका छन् ।

बुधवार राती बुद्धनगरस्थित घरमा ग्यास पडकिएर घाइते भएका भण्डारीको कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो। कीर्तिपुरमा उपचार सम्भव नभएपछि उहाँलाई मुम्बई लगिएको हो ।

ग्यास पड्किएर घाइते हुनुभएकी भण्डारीकी आमा हरिकलाको भने बिहीवार निधन भएको छ। भण्डारी गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।