अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व सहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्छ: सचिव भट्ट

पूर्व सहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्छ: सचिव भट्ट


धनगढी – नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताउनुभएको छ ।

आज प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताउनु भएको हो।

सचिव भट्टले भन्नुभयो, ‘हिजोआज राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ? भन्ने सबैको चासो छ। राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ। पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ। गठबन्धन कायम रहन्छ।’

राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको उहाँले बताउनु भयो।