दाङ – दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुईजना घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर-१६ बस्ने २९ वर्षीय आशिष खनाल रहेका छन् ।
विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक केसीका अनुसार घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ ।





प्रतिक्रिया