काठमाडौँ – एमाले निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु)को २३ औँ महाधिवेशनको निर्वाचन सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा भर्खरै मतदान प्रकृया सुरु भएको अनेरास्ववियुका निवर्तमान अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।
अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल तीन सय भन्दा बढीले उम्मेदवारी दिएका छन् ।
१७ पदाधिकारीमा मात्रै एकसय हाराहारीमा उम्मेदवारी परेको छ । अनेरास्ववियुको एक पदका अध्यक्षका लागि पाँच जना र महासचिवका लागि पनि पाँचै जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन र समिक बडालले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ । निर्वाचन कमिटीले बिहीबार बिहान उम्मेदवारहरुको अन्तिम नामावाली सार्वजनिक गरेको छ ।
जसमा चार जना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा उत्रेका छन् । यसैगरी महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् । १० सचिव पदका लागि लागि ६१ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल उम्मेदवारी दिएका छन् । बिहान ८ बजेबाट मतदान हुने भनिएपनि अध्यक्ष लगायतका पदमा सहमति जुटाउन नेताहरु लागि परेकाले मतदान सुरु हुन ढिला भएको हाे ।






प्रतिक्रिया