अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू


काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो। महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि भोटिङबाट नेतृत्व चयन गर्न लागिएको हो । अखिलले मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ।

अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरू मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ। वाङ्छु योञ्जनले भने आफ्नो उम्मेदवारी फिर्ता लिँदै समिक बडाललाई समर्थन गरेका छन् ।

महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । भने १५-१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।

महासचिवका लागि पनि पाँचै जना मैदानमा छन् । महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन् । निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् । त्यसैगरी कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल प्रतिस्पर्धामा छन् । १७ पदाधिकारीसहित स्थायी कमिटी र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ।