काठमाडौँ – नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार दुईजना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ।
स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधी (पिएचडी) गर्दै गर्नुभएका जगत नेपाल र पत्रकारिता तथा आमसञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय-विद्यावारिधी (एमफिल-पिएचडी) गर्दै गर्नुभएका माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोबलका सचिव दीपक रिजालले आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरन्जिवी खनालको संयोजकत्वमा गठित समितिको निर्णय अुनसार इन्जाले वौद्धिक अनुसन्धानवृत्ति पुरस्कृति गर्ने घोषणा गरेको रिजालले बताउनुभयो।
बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने नेपाल हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागमा उपप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ। २०५४ सालबाट पत्रकारिता शुरु गर्नुभएका नेपालले सुरूची साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टीभी लगायत विभिन्न सञ्चार माध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभएको थियो। उहाँले हालसम्म पाँच वटा पुस्तक प्रकाशित गरिसक्नु भएको छ।
त्यसैगरी बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता शुरु गर्नुभएको थियो। भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गर्नुभएका तिवारीले रुपरेखा साप्ताहिक, माउन्टेन टीभी, अनलाइनखबर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको प्रधानसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ। यसअघि इन्जाले उक्त पुरस्कारबाट त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको थियो। वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार
प्रतिक्रिया