अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ।

आईओसीले नेपाल आयल निगमलाई १५-१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ। सो नयाँ मूल्यअनुसार निगम र आईओसीबीचबीच कारोबार हुन्छ। अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ ।

विगतमा भएको सञ्चित नोक्सानीका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।