अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माघ महिनामा बैंकको निक्षेपमा सुधार

माघ महिनामा बैंकको निक्षेपमा सुधार


काठमाडौं – वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ। गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको हो।

नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो। पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल रु.४७ खर्ब १६ अर्ब निक्षेप रहेकामा माघ २९ गते निक्षेप बढेर रु. ४७ खर्ब ४१ अर्ब पुगेको हो।

सङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघको पहिलो साता निक्षेप रु आठ अर्बले घटेर रु.४७ खर्ब आठ अर्ब पुगेको थियो । पहिलो साता घटेको निक्षेप दोस्रो साता रु.१२ अर्ब, तेस्रो साता रु तीन अर्ब र चौथो सातामा रु चार अर्बले बढेको थियो । माघको बाँकी दुई दिन माघ २८ र २९ गते थप रु.१४ अर्बले निक्षेप बढ्दै रु.४७ खर्ब ४१ अर्ब पुगेको हो।

माघ महिनामा निक्षेप बढ्दा कर्जातर्फ भने बैंकहरूको खासै लगानी बढ्न नसकेको पाइएको छ। गत पुस महिनामा बैंकले ४२ खर्ब ७८ अर्ब लगानी गरेका थिए । पुस महिनाको तुलनामा माघ महिनामा रु १२ अर्ब बराबरको मात्र कर्जा प्रवाह भएको छ। माघमा बैंकहरूले रु १२ अर्ब कर्जा बढाएर रु.४२ खर्ब ९० अर्ब बराबर कर्जा प्रवाह गरेका छन् । माघ २७ गतेसम्म बैंकको कर्जा रु ४२ खर्ब ८७ अर्ब रहेको थियो।