अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र गौतमले इन्चार्जको कार्यभार सम्हाल्दै भन्नुभयो -कार्यकर्तामा नयाँ जोश आउने गरी काम गरौं

राजेन्द्र गौतमले इन्चार्जको कार्यभार सम्हाल्दै भन्नुभयो -कार्यकर्तामा नयाँ जोश आउने गरी काम गरौं


विराटनगर – नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले प्रदेश नम्बर १ को इन्चार्जको कार्यभार सम्हाल्नु भएको छ । बिहीबार विराटनगरस्थित पार्टी कार्यालयमा एमालेका नेताहरुको उपस्थितिमा गौतमले कार्यभार सम्हाल्नु भएको छ ।

यसअघि प्रदेश इन्चार्ज रहेका देवराज घिमिरे सभामुख भएपछि उक्त पद रिक्त भएको थियो । रिक्त रहेको प्रदेश इन्चार्जमा नेकपा एमालेको कार्यालयको बैठकले गौतमलाई इन्चार्जको जिम्मेवारी तोकेको थियो ।
विराटनगर स्थित प्रदेश पार्टी कार्यलयमा कार्यभार सम्हालेपछि इन्चार्ज गौतमले पार्टीका कार्यकर्ताहरुमा नयाँ जोश आउने गरी काम गर्न सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचनपछि मुर्झाएको पार्टी काम भोलीबाट सुरु हुने मिसन ग्रासरुट अभियनसँगै चलायमान हुने बताउनुभएको छ ।

गौतमले कार्यभार इन्चार्जको जिम्मेवारी लिए लगत्तै शुक्रबारबाट प्रदेश १ मा मिसन ग्रासरुट अभियान सुरु हुने कार्यक्रम छ । एमालेको केन्द्रले ग्रासरुट अभियान फागुन ५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।

ग्रासरुट कार्यक्रमका लागि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव टोपबहादुर रायमाझी आजै विराटनगर पुग्नुभएको छ ।