अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको अध्यक्षमा बडाल र रोकाया विजयी

अनेरास्ववियुको अध्यक्षमा बडाल र रोकाया विजयी


काठमाडौँ-नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को  केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी हुनुभएको छ । 

गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी हुनुभएको हो । 

यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित हुँदा महासचिवमा नरेश रोकाया निर्वाचित हुनुभएको छ ।

यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित हुनुभएको छ । 

कोषाध्यक्षमा संगम अर्याल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । विद्युतीय मेसिनमार्फत भएको मतदानमा १ हजार ५१७ मत खसेको थियो । 

अब केन्द्रीय सदस्य र आयोगको मतपरिणाम घोषणा हुन बाँकी छ ।