अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ-नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज डलरको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ४० पैसा र बिक्री दर १४२ रुपैयाँ ०४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ २१ पैसा र बिक्री दर १५९ रुपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।