अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु, कुन नेता कहाँ खटिँदै छन् ? 

एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु, कुन नेता कहाँ खटिँदै छन् ? 


काठमाडौँ-नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदै छ । उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्माले भर्चुअल सम्बोधन गर्नुहुने भएको हो ।

उक्त अभियानका लागि एमाले केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिनुपर्ने छ । एमालेले एक केन्द्रीय सदस्यलाई कम्तीमा दुई पालिकाको जिम्मेवारी दिएको छ । 

उक्त अभियान पार्टी उपाध्यक्षदेखि स्थायी कमिटी सदस्यसम्म खटिने छन् ।

कुन नेता कहाँ खटिँदै छन् ?

प्रदेश–१

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिम्मत कार्की ।

मधेस प्रदेश

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बागमती प्रदेश

उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्णराज विष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश

उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश

उपाध्यक्ष रामबहादुर थापा, सचिव छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे ।

कर्णाली प्रदेश

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी

सुदूरपश्चिम प्रदेश

उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव लेखराज भट्ट, मणिचन्द्र थापा, बिन्दा पाण्डे र कर्णबहादुर थापा ।

विशेष कमिटी (केन्द्रीय कार्यालय)

महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा भीष्म अधिकारी ।