अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु  महाधिवेशन : ५ उपाध्यक्ष र ७ सचिवमा को को भए निर्वाचित ?

अनेरास्ववियु  महाधिवेशन : ५ उपाध्यक्ष र ७ सचिवमा को को भए निर्वाचित ?


काठमाडौँ-नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको हो ।

आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिनुभयो । बडालले ९ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गर्नुभयो । 

यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत)  निर्वाचित हुनुभएको छ ।

महासचिव नरेश रोकाया ७ सय ३३ मत प्राप्त गरी विजय हुनुभएको छ । 

यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित हुनुभएको छ । 

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित  १९९ सदस्यीय केन्द्रीय कमिटी  र तीन आयोग ९अनुशासन, लेखा र निर्वाचन० मा  १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । 

महाधिवेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।