काठमाडौं-काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा ९ बजेबाट सुरु हुने खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ।
नेपालले नामिबियाको खेलबाट ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिएको हो। टोलीमा अन्य कुनै परिवर्तन नभएको कप्तान रोहित पौडेलले जानकारी दिए।
नेपालको प्लेइङ ११:
आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने ।
प्रतिक्रिया