अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमोर्चाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

जनमोर्चाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र


काठमाडौँ-राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । आज बिहीना प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जनमोर्चाले प्रधानमन्त्री प्रचण्डलाई  ज्ञापनपत्र बुझाएको हो । 

जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर  ज्ञापनपत्र बुझाएको बताइएको छ । 

ज्ञापनपत्र बुझाउन जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने बालुवाटार जानुभएको थियो ।