अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु नयाँ कमिटीको शपथ ग्रहण हुँदै, पहिलो बैठक आज बस्ने  

अनेरास्ववियु नयाँ कमिटीको शपथ ग्रहण हुँदै, पहिलो बैठक आज बस्ने  


काठमाडौँ । अनेरास्ववियुको २३ औ महाधिवेशन महाधिवेशनबाट निर्वाचित नयाँ कमिटीको शपथ आज हुने भएको छ । 

शपथ आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा हुने भएको हो । 

नयाँ कमिटीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले  पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।

यस्तै शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ। 

महाधिवेशनबाट अध्यक्षमा समिक बडाल,  उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, मर्यादा विष्ट निर्वाचित हुनुभएको छ । 

यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा। सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, अन्जना सिवाकोटी, आरति भट्टराई, विनीता काफ्ले निर्वाचित हुनुभएको छ । 

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित हुनुभएको छ । 

फागुन २ गतेदेखि सुरु भएको महाधिवेशनले २ वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।