अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ‘मिसन ग्रासरुट’ अभियानका लागि विष्णु पौडेल धनगढीमा

एमाले ‘मिसन ग्रासरुट’ अभियानका लागि विष्णु पौडेल धनगढीमा


कैलाली – नेकपा एमालेको आजबाट सुरु हुने ‘मिसन ग्रास रुट’ अभियानका लागि पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल धनगढी पुग्नुभएको छ ।

धनगढी पुगेलगत्तै उहाँले शिवपुरी धामको दर्शन गर्नुभएको थियो । त्यसपछि पौडेल भन्सार र कर कार्यालयको कार्यक्रममा सरिक हुनुभयो।

सुदूरपश्चिम प्रदेशमा आजबाट ‘मिसन ग्रासरुट’ सुरु हुँदैछ। सुदूरपश्चिममा उपाध्यक्ष पौडेललाई अनुगमन र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ।

धनगढीमा सुरु हुने अभियानमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सबै प्रदेश सचिवालय, जिल्लाका पदाधिकारी र जनसङ्गठनका प्रदेश अध्यक्ष र इन्चार्जको उपस्थिति रहनेछ। केन्द्रीय नेताबाट आज प्रशिक्षित नेताहरूले दुई महिना सबै पालिकामा यस्तै अभियान सुरु गर्ने छन्।

अभियानको पार्टी अध्यक्ष केपी शर्माले भर्चुअल सम्बोधन गर्नुहुने छ ।