अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली उत्सवको चौथो संस्करण सुरु

कर्णाली उत्सवको चौथो संस्करण सुरु


वीरेन्द्रनगर – कर्णालीलाई चिन्ने र चिनाउने, बहस र विमर्शको उत्सव कर्णालीको उत्सवको चौथो संस्करण सुरु भएको छ ।

कर्णालीको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आजबाट सुरु भएको उत्सव ‘कुडा कर्नाली’को कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभयो।

तीन दिनसम्म चल्ने उत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री शर्माले समृद्ध कर्णाली निमार्णका लागि छेडिएको यो बहसले कर्णालीको विकासमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

मुख्यमन्त्री शर्माले भन्नुभयो, ‘कर्णालीका चुनौती र कर्णालीका संभावनाका विषयमा छलफल बहस निरन्तर गर्न आवश्यक छ। यसका लागि नीति निमार्ण र कार्यान्यवनमा अपनत्व लिनुछ। यी दुई कुरालाई एकसाथ अघि बढाउनुछ । समृद्ध कर्णाली कसरी निमार्ण गर्ने भन्ने कुरामा छेडिएको यो बहसले सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएका छौं।’