अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा एमाले ‘मिसन ग्रासरूट’को शुभारम्भ

अध्यक्ष ओलीद्वारा एमाले ‘मिसन ग्रासरूट’को शुभारम्भ


काठमाडाैं – नेकपा एमालेले ‘मिसन ग्रासरूट’ थालेको छ। पार्टीलाई जगैदेखि बलियो बनाउने उद्देश्यले एमालेले आजदेखि औपचारिक रुपमा मिसन ग्रासरुट थालेकाे हाे। 

सात प्रदेश र विशेष प्रदेशमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल रुपमा सम्बाेधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ग्रासरुटकाे शुभारम्भ गर्नुभएकाे छ । पार्टीकाे वैचारिक तथा सांगठनिक सुद‍ृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान थालेकाे हाे ।

अभियानअन्तर्गत एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई गाउँ-गाउँमा खटाएको छ । पदाधिकारीले कमाण्डर, अनुगमनकर्ता र संयाेजनकर्ता रुपमा काम गर्नेछन् ।

केन्द्रीय सदस्यलाई भने विभिन्न कार्यादेश दिइएकाे छ । पार्टी सदस्यताको नवीकरण गर्ने, प्रशिक्षण कार्यक्रम गर्ने, स्थानीय जनप्रतिनिधि र पार्टीबीचकाे सम्बन्ध सुव्यवस्थित गर्ने, पार्टी र  समाजमा विशेष योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने, पार्टीबारे राय सुझाव लिने लगायत ११ वटा कार्यादेश तोकेर प्रत्येक केन्द्रीय सदस्यलाई सरदर ३ वटा पालिकामा पर्नेगरी ताेकिएकाे छ । मिसन ग्रासरुट चैतसम्म चल्नेछ ।