काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० मा बनेको सत्ता गठबन्धन नभत्किने बताउनु भएको छ।
आज सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको अढाई घण्टा लामो वार्तापछि उहाँले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री दाहाल भन्नुभयो, ‘अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे पनि सहमति हुन्छ।’
गठबन्धन अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिनुहुँदै प्रधामन्त्री प्रचण्डले भन्नुभयो, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्नेछौं, गठबन्धन छुट्ने-भत्कने कुरै छैन। राष्ट्रपतिको पनि एक-दुई दिनमा सहमति मै टुंगो लाग्छ।’







प्रतिक्रिया