अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा मिसन ग्रास रुटको पहिलो दिन : रौतहट,पर्सा र महोत्तरी जिल्लाका संयोजक फेरिए

मधेसमा मिसन ग्रास रुटको पहिलो दिन : रौतहट,पर्सा र महोत्तरी जिल्लाका संयोजक फेरिए


जनकपुर- नेकपा एमाले मधेस प्रदेशले विवादित भएका तीन जिल्ला कमिटीका संयोजकहरु परिवर्तन गरेको छ । रौतहट,पर्सा र महोत्तरीका संयोजकहरु आजको बैठकले परिवर्तन गरेको पोलिटव्यूरो सदस्य एवं मधेस प्रदेशका सहइन्चार्ज अच्यूत मैनालीले जानकारी दिनुभयो ।
मैनालीका अनुसार पर्सामा विश्वम्भर शर्मा,महोत्तरीमा कालिचरण साह र रौतहटमा सचितानन्द साहलाई संयोजकको जिम्मेवारी दिइएको छ । मैनालीका अनुसार पर्सामा १७ र १८ रौतहट २० र २१ महोत्तरी १४ र १५ गते अधिवेश गर्ने निर्णय गरेको छ ।
मधेस प्रदेश अध्यक्ष रामवतार यादवका अनुसार फागुन ९ गते गते जिल्ला कमिटी बैठक ,११ गते क्षेत्रीय समन्वय बैठक,१५ गते पालिका बैठक राख्ने निर्णय गरिएको छ ।


बैठकले मिसन ग्रास रुट सञ्चालनका लागि स्थायी कमिटी सदस्य गुरु बराललाई सप्तरी सिराहा र धनुषा जिल्ला समन्वय गर्ने जिम्मा दिएको छ । यसैगरी महोत्तरी,सर्लाही र रौतहट लालबाबु पण्डितलाई बारा र पर्सा सिता पौडेललाई समन्वयको जिम्मा दिएको छ ।
मिसन ग्रास रुट मधेस प्रदेशका संयोजक ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको आजको बैठकमा मधेस इन्चार्ज रघुवीर महासेठ,पोलिटव्यूरो सदस्य एवं कृषी मन्त्री ज्वाला साह लगायतका नेताहरु पनि उपस्थित हुनुहुन्थ्यो ।