अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी माथीको धावा बन्द गराइदिन सभामुख घिमिरेसँग साहारा नेपालको माग

सहकारी माथीको धावा बन्द गराइदिन सभामुख घिमिरेसँग साहारा नेपालको माग


झापा – सभामुख देवराज घिमिरेलाई प्रदेश नं १ का कार्यक्षेत्र रहेको सहारा नेपालले सम्मान गरेको छ । सहारा नेपालका शेयर सदस्य समेत रहनु भएका घिमिरेलाई सहाराको मुख्य कार्यालय विर्तामोडमा मा आज सम्मान गरिएको हो ।

सोही क्रममा सभामुखलाई सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले तीन बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । केही समयदेखि राज्यको उपस्थितिलाई नकार्ने गरी सहकारी संस्थाहरुप्रति अभियानका नाममा धावा बोलिदैछ, यस्ता गतिविधिलाई तत्काल रोक्नुपर्ने, सहकारी संस्थाका सदस्यहरुको निक्षेप २५ लाख मात्र लिन पाउने व्यवस्था सहकारी ऐन २०७४ को दफा ५२ मार्फत सच्याउन लागिएको हुँदा सच्याउनुपर्ने, सहकारीहरुको नियमन राष्ट्र बैंकको सट्टामा दोस्रो तहको संस्थानमार्फत हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले सहकारी क्षेत्रमा देखिएका समस्या, सहकारीहरुको नियमन र सुरक्षामा आफ्नो तर्फबाट लागिपर्ने बताउनुभएको छ ।