अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को नामाकरणका विषयमा होमबहादुर थापाको गुनासो ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो ?’

प्रदेश १ को नामाकरणका विषयमा होमबहादुर थापाको गुनासो ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो ?’


विराटनगर- प्रदेश नं १ ले अघिल्लो कार्यकालमा आफ्नो नाम राख्न नसकेको दोषको भागिदार नयाँ साँसदहरु पनि भएका छन् । देशका अन्य ६ वटा प्रदेशले नामाकरण गरिसक्दा पनि प्रदेश नं १ ले नाम राख्न नसक्दा चुनावमा आफूहरुले जनताबाट ठूलो गाली खानु परेको प्रदेश साँसद होमबहादुर थापा बताउनुहुन्छ ।
दुई दिन अघिको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै थापाले अघिल्लो प्रदेशसभाले किन आफ्नो नामाकरण गर्न नसकेको भनेर प्रश्न गर्नुभएको छ । ‘अघिल्लो प्रदेशसभाले नामाकरण गर्न नसक्दा धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तो भयौं हामी’ थापाले भन्नुभयो ‘त्यसकारण सरकारले यथाशिघ्र नाकारणको प्रस्ताव ल्याओस ।’
थापाले चुनावमा आफूहरुलाई मतदाताले नामाकरणको विषयमा अत्याधिक प्रश्न सोधेकोले यसको चाँडो भन्दा चाँडो निरुपण हुुनुपर्ने बताउनुभयो ।