अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छ: योगेश भट्टराई

एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छ: योगेश भट्टराई


 सुर्खेत – नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार हुने बताउनुभएको छ।

आज प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले राष्ट्रपतिको बारे यस्तो बताउनु भएको हो।

सचिव भट्टराईले भन्नुभयो, ‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ। र, गठबन्धनभित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ।’

सचिव भट्टराईले गत मंसिर ४ मा भएको आम निर्वाचन नेकपा एमालेलाई हराउन गठबन्धन बनाएर घेराबन्दी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो गठबन्धन स्वार्थ र अवसरवादी गठबन्धन थियो। त्यो गठबन्धन पुस १० गते साँझ टुट्यो। टुट्नुपर्ने नै थियो।’

एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘पाँच वर्षमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने उहाँको प्रस्ताव थियो। उहाँ आफैले राष्ट्रपति लिनुस् भनेर दिन आएकाले कुरा अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ। पुस १० गतेकमो भौतिक अवस्था बदलिएको छैन।’

उहाँले वर्तमान गठबन्धनमा एमालेकै व्यक्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने दावी गर्नुभयो ।