सुर्खेत – नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागेको दाबी गर्नुभएको छ।
आज प्रेस चौतारी कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सत्ता गठबन्धन विदेशीले नभएर नेपाली माटोबाटै बनेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धन बनाउन कुनै विदेशीहरूको भूमिका छैन। हामीले बनाएका हौँ। नेपाली माटोबाटै उत्पादन भएको हो। यसमा कुनै रासायनिक मल राखेको छैन। तर, अहिले भत्काउन चाहिं विदेशीहरू सक्रिय भएको सुन्दैछौं।
अहिले सत्ता गठबन्धन भत्काउन लाग्नेहरूले गठबन्धन बन्दैछ भनेर थाहा नै नपाएको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, ‘अहिले गठबन्धन भत्काउन लाग्नेहरू बन्ने बेलामा सुतिरहेका थिए। उनीहरूलाई शङ्कै थिएन ओली र प्रचण्ड मिल्लान् भनेर। हिजोसम्म झगडा गरेका थिए भन्ने लागेको थियो। त्यस बेलामा पत्तै नपाउनेहरुले अहिले थाहा पाएपछि हामी असफल भयौँ भनेर भत्काउन लागिरहेका छन्।’






प्रतिक्रिया