अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति एमालेकै हुन्छ: योगेश भट्टराई

राष्ट्रपति एमालेकै हुन्छ: योगेश भट्टराई


सुर्खेत – नेकपा (एमाले) का केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भावी राष्ट्रपति एमालेकै हुने बताउनु भएको छ । प्रेस चौैतारी नेपाल कर्णाली प्रदेशद्वारा सुर्खेतमा शनिबार आयोजित पत्रकार भेटघाटमा बोल्दै एमालेले प्रस्ताव गरेको व्यक्ति नै वर्तमान सत्ता गठबन्धनको साझा उम्मेदवार हुने बताउनुभयो ।

सचिव भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त हुनुपूर्व राष्ट्रपति एमालेले लिनुपर्ने भनिसकेकाले समस्या नरहेको बताउनुभयो । राष्ट्रपतिका कारण अहिलेको सत्ता गठबन्धन भत्किएपनि एमाले प्रतिपक्षमा बस्न तयार छ, २०८४ मा हुने चुनावमा बहुमतसहित सत्ताको नेतृत्व गर्छौं, उहाँले भन्नुभयो, ‘कांग्रेस नेतृत्वको गठबन्धन भत्किँदा थाहा नपाएकाहरु अहिले खुलेआम भत्काउन लागेका छन्, बरु भत्काउन विदेशीहरु लागेको सुन्दैछौं ।’

कांग्रेसले बालुवाटारमा प्रधानमन्त्री र राष्टपति दुवै पद नदिएपछि प्रचण्ड आफै एमालेलाई खोज्दै आएको उहाँले टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र सभामुख आधा-आधा कार्यकाल गरौं भन्ने प्रचण्डजी नै हो ।’

पार्टीद्वारा सञ्चालित ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को कर्णाली प्रदेश संयोजकका रुपमा उहाँ सुर्खेत आएका हुन् ।  यस अभियानमा एमालेले ७९ पालिकामा ४० जना केन्द्रीय सदस्य, केन्द्रीय विभागका सदस्यहरुलाई परिचालन गरेको छ ।