अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रजातन्त्र दिवशका अवसरमा पूर्वराजाको प्रस्ताव : राजसंस्था र दलहरुबीच सहकार्य गरौं

प्रजातन्त्र दिवशका अवसरमा पूर्वराजाको प्रस्ताव : राजसंस्था र दलहरुबीच सहकार्य गरौं


काठमाडौं -पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आह्वान गर्नु भएको छ । प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजाले देश अधोगतिमा जान लागेको भन्दै हकार्यको आवश्यकता रहेको औँल्याउनुभएको हो ।
जनताले चाहेको निर्णय स्वीकार गर्ने परम्परा र संस्कार आफ्नो वंशमा रहेको शाहले उल्लेख गरेका छन् । अहिले देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै उनले चिन्ता व्यक्त गर्नुभएको छ ।

देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुहुँदैन पूर्वराजाको विज्ञप्तिमा भनिएको छ ।

नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको उल्लेख गर्दै शाहले अहिले देश कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको ज्ञानेन्द्रको भनाइ छ । ।

सन्देशमा भनिएको छ, ‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ ।