अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मानव अधिकार वर्ष पुस्तक २०२३ को आज सभामुख घिमिरेले विमोचन गर्नुहुने

मानव अधिकार वर्ष पुस्तक २०२३ को आज सभामुख घिमिरेले विमोचन गर्नुहुने


काठमाडौं -नेपालको मानवअधिकारको झलक दिने पुस्तक नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को आज सभामुख देवराज घिमिरेले विमोचन गर्दैहुनुहुन्छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने यस पुस्तकमा सन् २०२२ भरी नेपालमा भएका मानव अधिकार उल्ल्ंघनका घटनाहरु समावेश गरिएका छन् । पुस्तकमा हरेक जिल्लामा भएका राज्य र गैह्र राज्य पक्षबाट मानव अधिकार हनन्का घटनाहरुको अभलिेख राखेर मानव अधिकारको संरक्षणका लागि राज्यपक्षलाई सचेत गराईको छ ।
आज दिउसो १ बजे सभामुख घिमिरेले होटल एभरेष्टमा आयोजना हुने कार्यक्रममा पुस्तकको विमोचन गर्ने कार्यक्रम रहेको इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले जानकारी दिनुभयो ।