विराटनगर-नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ।
आज हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ ।
आयोजकका अनुसार महाधिवेशनको ८० प्रतिशत तयारी पूरा भएको छ।
समिति संयोजक नन्दा बस्यालले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न खेलकुद गतिविधिको आयोजना गरिने जानकारी दिनुभयो ।
महाधिवेशनका अवसरमा महासंघले प्रथम संस्करणको केपी ओली रोडरेस (सडक दौड) प्रतियोगितासमेत आयोजना गरेको छ।
महासंघका केन्द्रीय संयोजक पर्शुराम बस्नेतका अनुसार महाधिवेशनको अवसरमा साताव्यापी खेलकुद प्रतियोगिताहरू हुने छन्। बन्दसत्रमा ५ सय प्रतिनिधिसहित १ हजार जनाको सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया