काठमाडौं-नागरिक उन्मुक्ति पार्टीका नेता अरुण कुमार चौधरी रिहा हुनुभएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित चौधरी कैलाली कारागारबाट आज रिहा हुनुभएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उहाँको कैद सजाय माफी गर्नुभएको थियो ।
सोही आधारमा थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा कैद सजाय भोगीरहेका चौधरी छुट्नुभएकाे हाे ।






प्रतिक्रिया