विराटनगर – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताउनु भएको छ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म राष्ट्रपतिको बारेमा मैले कसैको नाम लिएको छैन । मैले १३ गतेमात्रै नाम लिन्छु र नाम दिन्छु । हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। ‘
एमालेले उठाएको राष्ट्रपतिलाई माओवादी केन्द्रले भोट हाल्दैन भन्ने परिकल्पना समेत गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी उम्मेदवार उठाउँछौं त्यसमा सबैको सहमति हुनुपर्छ। माओवादी केन्द्रले साथ नदिने भन्ने कुरै छैन ।’
अहिलेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनलाई लिएर फेरबदल नहुने प्रस्ट पार्नु हुँदै ओलीले सहमतिमै राष्ट्रपतिको निर्वाचन हुने दाबी गर्नुभयो ।






प्रतिक्रिया