अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिपरि दुई-चार मान्छे देखेपछि ज्ञानेन्द्रजीलाई जोस आउँछ: अध्यक्ष ओली

वरिपरि दुई-चार मान्छे देखेपछि ज्ञानेन्द्रजीलाई जोस आउँछ: अध्यक्ष ओली


विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुरानै झल्को आइरहेको बताउनुभएको छ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा शाह आफ्ना वरिपरि दुई-चारजना मान्छे देखेपछि जोशमा आएर हौसिएको बताउनुभयो।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ। दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ। त्यतिमात्रै हो, अरु केही होइन। उहाँहरुले २४० वर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’

पूर्वराजा ज्ञानेन्द्रले ७३औं प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै नेपालको भविष्यप्रति आफूलाई चिन्ता लागेको बताउनुभएको थियो। उहाँले राजनीतिक दलहरुसँग राजसंस्थासँग सहकार्यका लागि प्रस्ताव गर्नुभएको थियो।