अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा विद्यार्थी सवार बस दुर्घटना, तीन दर्जन बढी घाइते

पोखरामा विद्यार्थी सवार बस दुर्घटना, तीन दर्जन बढी घाइते


पोखरा – कास्कीको पोखरामा बस दुर्घटना भएको छ। लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ठूलो संख्यामा यात्रु घाइते भएका छन् ।

ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो। दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ। 

बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको बस सडकमा पल्टिएको हो ।घाइतेको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी छ।