अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा


काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईले एमाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ।  एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका प्रसाइले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा राजावादी गतिविधि गर्दै आउनुभएको थियो । 
 प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर झापको मेचीपुलबाट महाअभियानको घोषणा गरेपछि त्यस्को एमालेमा ब्यापक विरोध भएको थियो । सोही घटनालाई लिएर एमालेको स्थानीय कमिटीले प्रसाइलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको थियो । एमालेले  निर्णय नलिँदै प्रसाई आफैंले एमालेबाट अलग भएको घोषणा गर्नुभएको हो। 
प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गर्नुभएको छ । 

एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट प्रसाई पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक हुनुहुन्थ्यो । पूर्वराजासँग नजिकिएसँगै प्रसाईको गतिविधिबारे एमालेमा विरोध सुरु भइरहेको थियो ।