अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिबारे छलफल हुने 

माओवादी पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिबारे छलफल हुने 


काठमाडौँ-नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो ४ पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको हो । 

बैठकमा राष्ट्रपति चयनलगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ । हिजो साँझ कांग्रेसका शीर्ष नेताहरूले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  राष्ट्रपतिमा सहयोग मागेका थिए । प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए । 

२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई आफ्नो उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।