अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेयर निष्कासन गरेर विद्युत उत्पादन गर्नेछौँ: उपप्रधानमन्त्री लिङदेन

शेयर निष्कासन गरेर विद्युत उत्पादन गर्नेछौँ: उपप्रधानमन्त्री लिङदेन


इलाम – उपप्रधानमन्त्री तथा जलस्रोत सिँचाइ तथा ऊर्जा मन्त्री राजेन्द्र लिङदेनले चाँडै विद्युत प्राधिकरणद्वारा शेयर निष्कासन गराउने तयारी भएको बताउनुभएको छ।

इलामको रोङ गाउँपालिकामा अवस्थित बहिनी पाथीभरामा आयोजित आर्यक्रममा बोल्दै मन्त्री लिङदेनले सो कुरा जानकारी दिनुहुँदै शेयर निष्कासनबाट सङ्कलित रकमले थप विद्युत उत्पादन गरी विकासका काम अगाडि बढाउने बताउनुभएको हो । 

उहाँले निष्कासित शेरयमध्ये २९ प्रतिशत शेयर खाडीमा रहनुभएका युवालाई दिइने जानकारी पनि दिनुभयो ।उहाँले शेयर निष्कासन भएपछि उत्पादित विद्युत खरिद सम्झौताका अनुसार भारत र बङ्गलादेशमा विद्युत बेच्ने बताउनुभयो ।

भारत र बङ्गलादेशसँग विद्युतको व्यापार सहज हुने बताउनुहुँदै मन्त्री लिङदेनले भन्नुभयो, ‘’हामी नतिजा आउने गरी काम गर्नुपर्छ भन्नेमा लागेका छौँ, बुढीगण्डकी, दूधकोसी र तमोर जस्ता जलाशयमा ठूला आयोजना सञ्चालन हुनेछन् ।’