अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आज सुनचाँदीको मूल्य

यस्तो छ आज सुनचाँदीको मूल्य


काठमाडौँ-नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन मंगलबार १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ।  सोमबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।